काठमाडौँ । जेनजी आन्दोलनका क्रममा जेलबाट फरार रहेका चुडामणि उप्रेती (गोरे) जेल फर्किने भएका छन् ।

बिज्ञापन

सुन तस्करीमा संलग्न गोरे जेनजीको आन्दोलनका क्रममा मंगलबार राती जेलबाट भागेका थिए । उनले कारागार प्रशासनलाई सम्पर्क गरेर फर्किन लागेको जानकारी गराएका हुन् ।

बिज्ञापन

गृह प्रशासनले जेलबाट फरार रहेका सबै कैदीलाई कारागार फर्कन सूचना जारी गरेसँगै भागेको तेस्रो दिन सुन्धारास्थित केन्द्रीय कारागारको सम्पर्कमा आएको कारागार स्रोतले जानकारी दिएको छ ।

उनीसँगै फरार भएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अझै फर्किएका छैनन् । रायमाझीले यसअघि नै कारागार प्रशासनसँग सम्पर्क गरेर फर्किन खोजेका थिए तर कारागारले सम्पर्कमा रहन र अवस्था अनुकुल भएपछि खबर गर्ने बताएका थिए ।

बिज्ञापन

जेनजी आन्दोलनपछि देशभरका कारागारबाट १६ हजार भन्दा बढी कैदी फरार भएकोमा अहिलेसम्म करिब ५ हजारको हाराहारीमा मात्र फर्किएका छन् या पक्राउ परेका छन् । अझै करिब ११ हजार कैदी सम्पर्कमा रहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री online
लेखक
लुङ्ग्री online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page