काठमाडौं सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र कर्मचारी संघले निजी अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र नर्सहरूले सुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
संघका सचिव कर्ण बिस्वकर्माले सामाजिक संन्जाल फेसबुक स्टाटस मार्फत स्वास्थ्यकर्मी र नर्सहरूको समर्पण, सेवा र योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरूलाई दिइँदै आएको न्यून तलब र असमान व्यवहार अस्वीकार्य भएको बताएका छन्।
स्टाटसमा उल्लेख गरेका छ्न “स्वास्थ्य कर्मचारीहरूको पेशागत सम्मान, कामको मूल्याङ्कन, सम्मानजनक पारिश्रमिक, अधिकार र मर्यादाका लागि हामी दृढतापूर्वक एकजुट छौँ।”
स्वास्थ्यकर्मीका जायज मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलित भएका छन् । मन्त्रालयले सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक सरकारले तोके बमोजिम ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेपनि सो निर्णय कार्यान्वयन भएको छैन ।





