रोल्पा — देशको राष्ट्रिय राजनीतिमा नयाँ बहस र सम्भावनाहरूबीच प्रधानमन्त्रीमा बालेन शाह चयन भएसँगै रोल्पाको लुङ्ग्री गाउँपालिकाबाट नयाँ डिजिटल सञ्चार माध्यम लुङ्ग्री अनलाइन औपचारिक रूपमा सुरु गरिएको छ। सत्यको पक्षधर, पलपलको खबर भन्ने मूल नाराका साथ सुरु गरिएको लुङ्ग्री अनलाइनले स्थानीयदेखि राष्ट्रिय तहसम्मका समाचारलाई निष्पक्ष, विश्वसनीय र छिटो तरिकाले प्रस्तुत गर्ने लक्ष्य लिएको छ। लुङ्ग्री क्षेत्र लामो समयदेखि सञ्चार पहुँचका हिसाबले पछि परेको अवस्थामा अब आफ्नै डिजिटल प्लेटफर्ममार्फत जनताका आवाज, समस्या र सम्भावनालाई उजागर गर्ने विश्वास सञ्चालक टिमले व्यक्त गरेको छ। हामी सत्यको पक्षमा उभिनेछौँ, कुनै पनि दबाब वा प्रभावमा नपरी जनताको पक्षमा समाचार प्रस्तुत गर्नेछौँ सञ्चालक पक्षले जनाएको छ।

बिज्ञापन

आजै झन्डै दुई तिहाई बहुमत सहित बालेन साह चयन हुनु र स्थानीय तहमा लुङ्ग्री अनलाइनजस्ता स्वतन्त्र मिडियाको उदय हुनु लोकतान्त्रिक अभ्यासका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। लुङ्ग्री अनलाइनले विशेषगरी स्थानीय विकास, शिक्षा, स्वास्थ्य, कृषि, युवा तथा रोजगारीका विषयलाई प्राथमिकतामा राख्दै जनतासँग प्रत्यक्ष जोडिने योजना बनाएको छ। साथै, सामाजिक सञ्जाल र वेबसाइटमार्फत तुरुन्त अपडेट दिने व्यवस्था पनि गरिएको छ। स्थानीय बासिन्दाहरूले पनि यस पहललाई स्वागत गर्दै अब आफ्नो ठाउँका खबर बाहिर ल्याउन सहज हुने विश्वास व्यक्त गरेका छन्।
डिजिटल युगमा सत्य र निष्पक्ष पत्रकारिताको खाँचो झन् बढिरहेको बेला लुङ्ग्री अनलाइनले उक्त जिम्मेवारीलाई कसरी पूरा गर्छ भन्ने कुरा अब हेर्न बाँकी छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री Online
लेखक
लुङ्ग्री Online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page