Please assign a menu to the Secondary Menu location in Appearance → Menus.

लुङग्री अन्लाइन, ०८ भदौ, रोल्पा । होटल व्यवसायी संघ रोल्पाले सुनछहरी गाउँपालिका–२, भित्रीगाममा पहिरोमा परी ज्यान गुमाएका चार जनाका परिवारलाई राहत प्रदान गरेको छ।

निरन्तर वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई मौलाबन र बाहिरीगाम पुलमा राहत हस्तान्तरण गरिएको हो। पहिरोपीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले संघले खाद्यान्न, त्रिपाल तथा नगदसहित राहत उपलब्ध गराएको जनाएको छ।

संघका अनुसार पीडित परिवारलाई रु. ३१ हजार २ सय बराबरको राहत सामग्री तथा रु. २० हजार नगद प्रदान गरिएको छ।

राहत वितरण कार्यक्रममा होटल व्यवसायी संघ रोल्पाका उपाध्यक्ष मिलन घर्ती मगर, केन्द्रीय सदस्य घलुराम पोख्रेल, सुनछहरी गाउँपालिकाका कार्यपालिका सदस्य मनबहादुर बि.क., महासचिव रविन्द्र बुढामगर, कोषाध्यक्ष नरेन्द्र बुढामगरलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संघका सदस्य प्रेमप्रकाश रोकाले गर्नुभएको थियो।

विपद्को समयमा पीडित परिवारलाई साथ र सहयोग गर्ने उद्देश्यले राहत प्रदान गरिएको होटल व्यवसायी संघ रोल्पाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री Online
लेखक
लुङ्ग्री Online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page