लुङग्री अन्लाइन, ०९ भदौ, रोल्पा । नेपाली महिलाहरूको महान् चाड तीजलाई लक्षित गर्दै लोकप्रिय गायक तथा सर्जक विशाल रायमाझीको नयाँ तीज गीत ‘नक्कले भिनाजु ९’ सार्वजनिक भएको छ। ‘सक्किँदैन बोलेर बोली’ बोलको गीतमा विशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वर रहेको छ।
गीतको शब्द तथा संगीत विशाल रायमाझीले गरेका छन् भने कृष्ण केसीले एरेन्ज गरेका हुन्। कुमार रानाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको रेकर्डिङ सुमन राना र खुमानसिंह रानाले गरेका छन्। गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतमा रेखा कार्की, माया रायमाझी, रबिन परियार र राजन मौरातीले समूह स्वर दिएका छन्। गीतको अडियो तथा भिडियो विशाल रायमाझी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियोको निर्देशन स्वयं विशाल रायमाझीले गरेका छन्। भिडियोमा अलिना रायमाझी, सुरवीर पण्डित ‘दारी बा’ र विशाल रायमाझीको अभिनय रहेको छ। प्रकाश खड्काको टिमले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर राजकुमार मगरले गरेका छन्।
त्यस्तै, भिडियोमा सङ्गीता चन्द ठकुरीको मेकअप तथा आर्जुन एडीको कोरियोग्राफी रहेको छ। पोस्टर आर्ट लक्ष्मण चौहानले गरेका छन् भने पोस्ट प्रोडक्सनको जिम्मेवारी राजकुमार फिल्म्सले सम्हालेको छ।
नेपाली मौलिक तीज संस्कृति, मनोरञ्जन र सामाजिक परिवेशलाई समेटिएको ‘नक्कले भिनाजु ९’ ले तीजको माहोललाई थप रमाइलो बनाउने अपेक्षा गरिएको छ। गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने निर्माण पक्षको विश्वास छ।
भिडियो यहाँ………








