Please assign a menu to the Secondary Menu location in Appearance → Menus.

काठमाडौँ । रुस-युक्रेन युद्धविरामको बारेमा अमेरिका र रुसबीचको वार्ता अनिर्णीत रूपमा समाप्त भएको केहि समयपछि युक्रेनले आफ्ना केहि गाउँ रुसबाट छुटाएको दाबि गरेको छ ।

युक्रेनले आफ्नो सेनाले डोनेट्स्कको पूर्वी क्षेत्रका गाउँहरू पुनः कब्जा गरेको दाबि गरेको छ, यी गाउँहरु हालैका दिनहरूमा रुसी सैनिकले कब्जामा लिएका थिए ।

युक्रेनले पोकरोभस्क क्षेत्रको डोब्रोपिलिया नजिकैको लडाईंमा सयौं रुसी सैनिकहरू मारिएको दाबी गरेको छ ।

यसअघि युक्रेनी अधिकारीहरूले सुमी लगायत अन्य धेरै ठाउँहरूमा रुसी हवाई आक्रमण जारी रहेको बताएका थिए ।

अर्कोतर्फ, अलास्कामा भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीचको तीन घण्टाभन्दा बढी समय भएको वार्ता कुनै सहमति नभएर सकिएको थियो । सहमति नभएपनि दुवैले वार्ता सकारात्मक भएको दाबी गरेका छन् । ट्रम्प र पुटिनको बार्ता बारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री online
लेखक
लुङ्ग्री online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page