रोल्पा — लुङ्ग्री अनलाइन, रोल्पाले नव वर्ष २०८३ को अवसर पारेर आयोजना गरेको “लुङ्ग्री अनलाइन फोटो प्रतियोगिता” को नतिजा सार्वजनिक गरेको छ।
बिज्ञापन
प्रतियोगितामा कपिलवस्तु निवासी अरुणा विश्वकर्मा प्रथम, लुङ्ग्री गाउँपालिका–१ रोल्पा निवासी मनु पुनमगर द्वितीय तथा पाङ, रोल्पा निवासी पारू बैजाली पुनमगर तृतीय स्थान हासिल गर्न सफल भएका छन्। विजेताहरूले क्रमशः नगद रु. ७,०००, रु. ५,००० र रु. ३,००० पुरस्कार प्राप्त गर्नेछन्।
बिज्ञापन
चैत्र १५ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा कुल ३,६०५ जनाको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितालाई निष्पक्ष र विश्वसनीय बनाउन तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो। जसमा संयोजक हिराबहादुर विष्ट तथा सदस्यहरू दिलिप केसी र चन्द्रप्रकाश थापा रहेका थिए।
निर्णायक संयोजक विष्टका अनुसार प्रतियोगितामा सहभागी सबैको प्रस्तुति उत्कृष्ट रहे पनि प्रतिस्पर्धात्मक अवस्थालाई ध्यानमा राख्दै विजेता छनोट गर्नुपरेको हो।
बिज्ञापन
लुङ्ग्री अनलाइनले प्रतियोगितामा सहभागी सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै विजेताहरूलाई बधाई तथा शुभकामना दिएको छ। साथै निर्णायक मण्डलप्रति विशेष आभार प्रकट गर्दै आगामी दिनहरूमा समेत सरोकारवालाहरूको निरन्तर सहयोगको अपेक्षा गरेको छ।
लुङ्ग्री अनलाइनले पलपलको खबर र निष्पक्ष सञ्चारका लागि सधैं प्रतिबद्ध रहने जनाएको छ। साथै लुङ्ग्री क्षेत्रको विकास, समृद्धि र सुशासनलाई थप प्रभावकारी बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।






