Please assign a menu to the Secondary Menu location in Appearance → Menus.

­रोल्पा। लुङ्ग्री गाउँपालिकाका युवाहरूको सक्रिय पहलमा सामाजिक उत्तरदायित्व, विकास र सेवामूलक कार्यलाई केन्द्रमा राख्दै ‘हेल्प फर लुङ्ग्री’ अभियानको शुभारम्भ गरिएको छ।

यस अभियानले स्वास्थ्य, शिक्षा, मानव सेवा, युवा सशक्तीकरण तथा सामाजिक सहयोगका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ। अभियानमार्फत विपन्न, असहाय तथा आवश्यकता भएका नागरिकहरूलाई सहयोग पुर्‍याउनुका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ।

त्यसैगरी, लुङ्ग्री गाउँपालिकाको समग्र विकास, समृद्धि र सामाजिक रूपान्तरणका लागि स्थानीय सरकार, सरकारी तथा गैरसरकारी निकाय, विभिन्न संघसंस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, प्रवासी लुङ्ग्रीवासी तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य र समन्वय गर्दै दीर्घकालीन विकासका अभियान सञ्चालन गरिने अभियानकर्मी अनुपम जिसीले बताएका छन् ।

अभियानमा आबद्ध युवाहरूले सेवा, सहयोग र स्वयंसेवाको भावनालाई आत्मसात् गर्दै “हाम्रो गाउँ, हाम्रो जिम्मेवारी” भन्ने सोचका साथ लुङ्ग्रीलाई शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा उदाहरणीय गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘हेल्प फर लुङ्ग्री’ अभियानले सबै लुङ्ग्रीवासी तथा शुभेच्छुकहरूलाई अभियानमा आबद्ध भई आफ्नो क्षमता, ज्ञान, समय वा स्रोतका माध्यमबाट योगदान गर्न हार्दिक आह्वान समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री Online
लेखक
लुङ्ग्री Online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page