Please assign a menu to the Secondary Menu location in Appearance → Menus.

लुङग्री अन्लाइन, ०९ भदौ, रोल्पा । सुनिलस्मृति गाउँपालिका–३ रुइनिबाङमा पैदलयात्रीको सुरक्षालाई मध्यनजर गर्दै तत्बन्द जाली जडान गरिएको छ।

सुनिलस्मृति गाउँपालिकाको आयोजनामा नगरप्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा पैदलयात्री आवतजावत गर्ने जोखिमयुक्त क्षेत्रमा जाली लगाइएको हो। सडक तथा पैदलमार्गमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्दै पैदलयात्रीलाई सुरक्षित रूपमा आवतजावत गर्न सहज बनाउने उद्देश्यले जाली जडान गरिएको गाउँपालिकाले जनाएको छ।

जाली जडान कार्यमा गाउँपालिकाका नगरप्रहरीसँगै स्थानीय बासिन्दाहरूले समेत सक्रिय सहभागिता जनाएका थिए। स्थानीयको सहकार्यमा गरिएको उक्त कार्यले पैदलयात्रीको सुरक्षा थप मजबुत बनाउनुका साथै दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले स्थानीयस्तरमा रहेका जोखिमयुक्त स्थान पहिचान गरी आवश्यक सुरक्षा तथा पूर्वाधारका कामलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री Online
लेखक
लुङ्ग्री Online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page