Please assign a menu to the Secondary Menu location in Appearance → Menus.

लुङग्री अन्लाइन, ०९ भदौ, रोल्पा । जेन्जी आन्दोलनका क्रममा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई रोल्पा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सुलिचौरले गोप्य सूचनाका आधारमा सुनिलस्मृति गाउँपालिका–५ काभ्रा निवासी २६ वर्षीय दिपक सुवेदीलाई पक्राउ गरेको हो। उनलाई मंगलबार रुइनिबाङ बीच बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ।

प्रहरीका अनुसार सुवेदी कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए। सो मुद्दामा उनलाई २० वर्ष कैद सजाय तोकिएको बताइएको छ।

पक्राउ परेका सुवेदीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मंगलबार नै कारागार पठाइएको इलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री Online
लेखक
लुङ्ग्री Online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page