होलेरी रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा युवा सञ्जाल गठन भएको छ। २०८२ चैत्र १६ गते देखि औपचारीक रुपमा युवा सञ्जाल गठन भएको हो । तर उक्त सञ्जालले गाउँपालिकामा भने अझै वैधानिक पाएको छैन । युवा सञ्जाल गठन भएकोमा खुसी ब्यक्त गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धनी प्रसाद खड्काले सञ्जाललाई शुभकामना दिदै समग्र गाउँपालिकाको विकासको हितका निम्ति सकारात्मक सुझाव दिन र पालिकाको विकासकामा एकजुट भएर लाग्न समेत सञ्जालाई सुझाव दिनु भयो ।
सञ्जाल गठन भएको करिब ६ महिना बितिसक्दा पनि गाउँपालिकामा वैधानिकता नपाएपछि सोमबार सञ्जालका अध्यक्ष खगेन्द्र सार्कीको अध्यक्षतामा गाउँपालिकामा वैधानिकता पाउन के के गर्न सकिन्छ भन्ने विषयमा गाउँपालिका र सन्जाल बीचमा सामूहिक बैठक बसेको छ । उक्त बैठकपछि सञ्जाललाई वैधानिकता दिनका लागि आगामी कार्यपालिकामा प्रस्ताव पेश गर्ने समेत निर्णय भएको छ।
समाजमा यत्रतत्र छहरिएर रहेका युवाहरुलाई एकजुट बनाएर बिकृती बिसङगती हताउने विकास निर्माणका कार्यक्रमहरुमा युवाहरुलाइ सक्रिय सहभागी गराउने समुदायमा चेतनामुलक कार्यक्रम गर्ने , युवा स्वरोजगारका लागि विभिन्न सीपमूलक कार्यक्रमहरू ल्याउनमा जोड दिने ,९ वटै वडाहरुमा सञ्जाल बिस्तार गरी लागुपदार्थ बाल बिवाह यौन दुर्व्यवाहार झै झगडा जस्ता बिकृती हताउन पालिका तथा वडा सरकारलाइ सहयोग गर्ने सञ्जालको मुख्य उदेश्य रहेको छ । सञ्जाल गठन सहजीकरण हुरेक रोल्पाका फिल्ड अधिकृत अमर थापाले गर्नु भएको हो।








