Please assign a menu to the Secondary Menu location in Appearance → Menus.

काठमाण्डौ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले चिनियाँ विज्ञ टोली परिचालन गरेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार सरकारको अनुमतिमा ६ जना चिनियाँ विज्ञ उद्धारका लागि घटनास्थलमा खटिएका हुन् । उनीहरू चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेका छन् ।

चिनियाँ विज्ञ टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम अघि बढाउने जनाइएको छ । संयुक्त टोलीले सुरुङभित्रको अवस्था तथा उद्धारको सम्भाव्यताबारे प्राविधिक अनुगमन गर्नेछ ।

प्रारम्भिक प्राविधिक अनुगमनबाट सुरुङभित्र उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तयारी अवस्थामा राखिएका थप चिनियाँ विज्ञलाई तत्काल घटनास्थलमा बोलाइने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

यसैबीच, सुरुङभित्र फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय उच्च विशेष प्राविधिक टोली पनि परिचालन भइसकेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिनुभएको छ ।

सुरुङ उद्धारमा नेपाली प्राविधिक जनशक्तिको अनुभव सीमित रहेको र थप विशेषज्ञता आवश्यक पर्ने विज्ञहरूको सुझावपछि सरकारले भारत र चीनबाट प्राविधिक टोली झिकाएको हो ।

यसअघि नेपाली टोलीले सुरुङभित्र फसेकाहरूको अवस्थासम्म पुग्ने मार्ग पहिचान गर्न ड्रिलिङको कामसमेत सुरु गरिसकेको छ ।

बाढीपछि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाल, भारत र चीनका प्राविधिक टोलीबीचको समन्वयलाई तीव्र बनाइएको छ । उद्धारका लागि सुरुङको अवस्थाको प्राविधिक मूल्याङ्कनपछि थप रणनीति तय गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री Online
लेखक
लुङ्ग्री Online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page