Please assign a menu to the Secondary Menu location in Appearance → Menus.

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो ।

हिजो एकैदिन ९ हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो ।

गएको मंगलबारदेखि लगातार सुनको भाउ घट्दै आएको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो प्रतितोला १ सय ८५ रुपैयाँले घटेको चाँदी आज प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री Online
लेखक
लुङ्ग्री Online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page