Please assign a menu to the Secondary Menu location in Appearance → Menus.

काठमाडौँ । कोरियोग्राफर माइकल चन्दको निर्देशनमा बन्न लागेको एक्सन प्रधान फिल्म ‘राम नाम सत्य’ को शुभसाइत गरिएको छ ।

बिहीबार ललितपुरको प्रसिद्ध बंगलामुखी मन्दिरमा मुहूर्त पूजापछि एक पोस्टर सार्वजनिक गर्दै आगामी चैत २७ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी गराइएको छ ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता विराज भट्टलाई मात्र प्रस्तुत गरिएको छ । पोस्टरले फिल्ममा विराजको भूमिका एक्सन प्रधान रहेको संकेत गर्दछ ।

छिटै काठमाडौंबाट छायांकन सुरु हुने फिल्ममा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी, दिनेश डिसी लगायतको अभिनय रहने बताइएको छ । उपेन्द्र शाही र श्वेता विमलीको लगानीमा बन्ने फिल्ममा किशोर भट्ट र डी आर उपाध्याय कार्यकारी निर्मातामा रहेका छन् ।

फिल्म निर्देशक चन्द स्वयंले लेखेका हुन् भने सञ्जय लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत तथा विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री online
लेखक
लुङ्ग्री online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page